Nurturing Our Young for the Future Nepal

हाम्रो देश नेपाल


 मेरो देश नेपाल हो । यो एसिया महादेशमा पर्छ । यसको राजधानी काठमाडौँ हो । यसको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर हो । यो देशलाई पृथ्वीनारायण शाहले एकिकरण गरेका  हुन् । यो देशलाई ठूलो ठूलो देश भारत र चिनले घेरिएको छ । मेरो देश पुर्व देखि पश्चिम सम्म र उत्तर देखि दक्षिण सम्म बाँढिएको छ । नेपालको प्राकृतिक बनावट र क्षेत्रमा बाँढिएको छ  । जस्तै हिमाल, पहाड र तराई । यो कृषिप्रधान देश हो । यहाँका मानिसहरुले कृषि उत्पादन गर्छन । अहिलेको संविधान अनुसार नेपाल सात प्रदेशमा बाँढिएको छ । नेपाल भू–     परिवेस्तित देश हो ।  यसलाई कुनै समुन्द्रले पनि छोएको छैन । नेपाल दोश्रो जलश्रोतको धनी देश हो । नेपालमा धेरै मात्रामा किसानहरु बस्छन् । नेपाल शान्ति र विशाल छ । यो सानो     देश भएपनि प्रसिद्ध छ ।
 
  नेपालमा १२५ जातजाती र १२३ भाषाभाषीहरु बस्दछन् । नेपालमा धेरै जस्तो नेपाली भाषा बोलिन्छ । नेपालमा धेरै साहित्यकारहरु पनि जन्मिए, जस्तै लक्ष्मी प्रसाद देवकोटा, भानुभक्त  आचार्य र धेरै साहित्यकारहरुको जन्म भयो । नेपालको राष्ट्रिय गान ‘सयौँ थुङ्गा फुलका हामी’ हो । नेपालमा धेरै सुन्दर स्थलहरु छन् । पोखरा, काठमाडौँ, र धेरै ठाउँहरु छन् । त्यसैले यहाँ पर्यटकहरु घुम्न आउँछन् । पर्यटकहरुले गर्दा नेपालको आम्दानी पनि बढेको छ । हाम्रो देशमा सर्वोच्च शिखर सगरमाथा पनि छ । नेपाल हरियालीले भरिएको छ । नेपालमा धेरै विरहरुको जन्म भयो । जस्तै लखन थापा, भिमसेन थापा र धेरै यस्ता विरहरु छन् । यिनीहरुले देशलाई शत्रुबाट बचाए । नेपालको सङ्ख्या तीन करोड छ । नेपालको वातावरण राम्रो छ । नेपालमा धेरै चाडहरु मनाइन्छ । जस्तैः दशैँ, तिहार, तिज, जनै पुर्णिमा, होली र धेरै चाडहरु मनाइन्छ । नेपालमा धेरै जडीबुटीहरु पनि पाइन्छ । नेपाल बिरहरुको रगतले अमर छ । नेपालमा शान्तिका दुत गौगम बुद्ध पनि जन्मिए । नेपालमा धेरै चराचुरुङ्गी, जनावरहरु पनि पाइन्छ । नेपालका ओसिलो ठाउँमा मानिसहरुले स्याउ उत्पादन गर्छन् । नेपालमा छ हजार बटा नदी र ताल तलैया छन् । यहाँका मानिसहरु आँटिलो,  साहसी र इमान्दार पनि छन् । गौतम बुद्धले हामीहरुलाई राम्रो उपदेश दिए । नेपाल हाम्रो साझा घर हो । हाम्रो  देश नेपाल ईँटा आकारको छ । नेपालमा १४ अञ्चल र ७५ जिल्ला छन् ।
म नेपालमा जन्मिन पाउँदा धेरै गर्व गर्छु । म अर्को जुनि पनि यही देशमा जन्मिन पाऊँ त्यही चाहना गर्छु ।
 
शिशिर नेपाल 
कक्षा: ६
रोल: १

Comment from facebook