Nurturing Our Young for the Future Nepal

हाम्रो देश नेपाल


 हाम्रो देश नेपाल 

जन्म दिने आमा हो, हाम्रो देश नेपाल, जसरी हामीले हाम्रो आमालाई माया गछौँ, त्यसरीनै हामीले हाम्रो देशलाई माया गर्नुपर्छ । नेपाल एसिया महादेशमा पर्दछ । यसको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. छ । यो भू–परिविष्ठित देश हो । सुन्दर देश नेपाल प्राकृतिक रुपामा तीन भागमा विभाजन गरिएको छ । 
क) हिमाल ख) पहाड ग) तराई
नेपालको राजधानी काठमाडौँ हो, जुन पहाडी भेगमा पर्दछ । नेपाल राष्ट्र धेरै विभूतिले भरिएको देश हो । यहाँ धेरै जात जातिका मानिसहरुको बसोबास छ । यहाँ १२५ जात र १२३ भाषा छन् । संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि हाम्रै देशमा पर्दछ । जसले नेपाल देशलाई चिनाउन मद्दत गरेको छ ।  यहाँ जम्मा जम्मी गरेर ६ हजार नदी नालाहरु छन् । कर्णाली, सप्तकोशी, वागमती नदीहरु नेपालका प्रख्यात नदिहरु छन् । यहाँ जङ्गल हुनाले फलफुल पनि प्रसस्त उत्पादन हुन्छ । यहाँको निकुञ्जमा बाघ, भालु, चितुवा, मैना, मयुर, डाँफे जस्ता पशु पंक्षीहरु पाइन्छन् । दुर्लभ मानिले एक सिङ्गे गैँडा पनि हाम्रो देशमा पाइन्छ । यहाँ बुद्ध, सिता, भृकुटी, अरनिको, पृथ्वी नारायण शाह जस्ता प्रख्यात विभूति जन्मिएका थिए जसले नेपाललाई विश्वमा चिनाएको छ । नेपालीहरु विर, इमान्दार र कर्तव्य निष्ठाका नामले परिचित छन् ।
नेपाल राष्ट्रमा इतिहास भन्दा अहिले धेरै अघि बढिसकेको छ । २२ औँ युगका संसारलाई चुनौति दिन सक्ने नेपालीहरु भइसकेका छन् । देशमा विकासको मुल फुटिरहेका छन् । नेपाल देश विकासको उन्नतिको अघि पाइला चालिरहेका छन् । त्यसैले हामी सारा देश बासि पनि हातेमालो गरेर अगाडि बढ्नु पर्छ ।
 
सुप्रिम महर्जन 
कक्षा: ५
रोल: २

Comment from facebook