Nurturing Our Young for the Future Nepal

कविता 'पिताको सम्झना'


कविता

पिताको सम्झना

जन्म दिन्छिन माता

अनि कर्म दिन्छन पिता

कर्मशील पिताजिको

सकिन्न गाएर गीत ।

 

खपी सक्यौ बाधाकष्ट

गर्छन् हाम्रो भरणपोषण

पिता बिना जीवनमा

शुन्य लाग्छ प्रत्येक क्षण

 

सन्तान सुखी राख्न सधैं

पिता गर्छन् मिहिनेत

पिता बिना चल्न सक्दैन

परिवार रुपी जेट ।

 

अभाव के हो जीवनको

पिताजिलाई सोध

पिताको छत्रछायामा

गर्छन् सबैले गौरव बोध

नाम: क्रिस्टिना महर्जन

कक्षा : १०

रोल : ८

Comment from facebook