Nurturing Our Young for the Future Nepal

बाबु र नानी


(कविता)

बाबु र नानी

घाम जस्ता बाबुहरु

जुन जस्ता नानी

अँधेरीमा बत्ति बन

पँधेरीमा पानी ।

                आज राम्रो पढ बाबा

                भोली राम्रो हुन्छौ ।

                तिमी राम्रो भयौ भने

                देश राम्रो हुन्छ ।

नेपाल अझै ठूलो हुन्छ

तिमी पढेपछि ।

हिमाल अझै अग्लो हुन्छ

तिमी चढेपछि ।

                बुद्ध जस्तै शुद्ध तिमी

                युद्ध नगर्नु है ।

                तर देशका लागि मर्न

                पछि नपर्नु है

स्वर्गभन्दा प्यारो

हुन्छ आफ्नो मातृभूमि 

बुझिराख सम्झिराख

आजै देखि तिमि

नामः दिपेश पुरी

कक्षाः १०

Comment from facebook