Nurturing Our Young for the Future Nepal

सुन्दर रुप


(कविता)

सुन्दर रुप

छाला गोरो भएर के भो

मन कालो भएसी ।

रुप राम्रो भएर के भो

बोली रुखो भएसी ।

धन जति नै भएनी के काम

कसैलाई एक रुपियाँ दान नदिएसी ।

घर सुन्दर भएर के भो

शान्ती नभएसी ।

मान्छे हेण्डसम भएर के भो

व्यवहार नराम्रो भएसी ।

त्यसैले म भगवानसँग प्रार्थना गर्छु

रुप सानै होस् घर सानै होस् ।

मन शान्ति र सफा होस्     

नामः नितु राना

कक्षाः १०

सदनः रातो

Comment from facebook