Nurturing Our Young for the Future Nepal

मेरी आमा


कविता

मेरी आमा

नौ महिना पेटमा राखी मलाई जन्म दिने

दुःख जति आफू लिई मलाई सुख दिने

ताते नानी ताते नानी हिँड्न सिकाउने

हातमा समाई हिँड्नलाई बाटो देखाउने ।

                रुँदाखेरी हँसाउने बुबु चुसाउने

                सँधैभरि म सित नै खेल्न रुचाउने

                निद्रा लाग्यो भनेर हातमा खेलाउने

                घाँटी सुक्यो भनेर दुध पिलाउने ।

रातभरि ननिदाई मेरै सेवा गर्छिन्

दुख जति आफू लिएर माया मलाई गर्छिन्

मेरी आमा साथमा हुँदा मलाई निद्रा लाग्छ

डरको पोको परपरै आमा देखि भाग्छ ।

                अगरबत्ती बाली मेरै हित चिताउने

                भगवानलाई खुसी पार्न फुल चढाउने

                मेरी आमा संसारकै ठूली मान्छे हुन्छिन्

                एकछिन म हराउँदा डाँको छोडी रुन्छिन् ।

नामः संक्षिप्त धिताल

कक्षाः १०

Comment from facebook