Nurturing Our Young for the Future Nepal

कविता - "असल विचार"


कविता

           असल विचार

लिई सत्य सुविचार

बन्नुपर्छ इमानदार

हरेक काम गर्नुअघि

गर्ने गर सोचविचार

           पछि असल हुनलाई

           राम्रो बानी लिनलाई

           गलत पाइला नचाल

           राम्रो बानी नफाल

ज्ञान गुण सिकेर

असल खराब छुट्याऊ

राम्रा कुरा बढाऊ

खराब बानी हटाऊ

           फुल जस्तै फुलेर

           बास्ना छर ज्ञानको

           सधैँ अघि बढेर

           मान राख नामको

सलिना महर्जन

           कक्षाः ७

Comment from facebook