Nurturing Our Young for the Future Nepal

SEE सम्बन्धि अभिभावकहरुलाई जरुरि सुचना !!!


                                                                                                            SEE सम्बन्धि​  अभिभावकहरुलाई जरुरि सुचना !!!


महामारीको रुपमा विश्वभरि फैलिरहेको कोरोना भाइरस  ( COVID- १९) को असर नेपालमा पर्न नदिन नेपाल सरकारले लिएको सावधानी अनुसार आज चैत्र  ६ गते देखी संचालन हुने भनिएकाे SEE परीक्षा अर्कों सूचना  प्रकाशित  नभएसम्मको लागि स्थगित भएको सुचना यहाँहरु सबैलाई विदितै छ। यो समय खेर नफाली आफ्ना बाबु नानीहरुलाई अध्ययन नछाडी सदुपयोग गर्न लगाउन अभिभावकहरुलाई विशेष अनुरोध छ र साथै विद्यार्थीहरुलाई पनि यो बोनस समयलाई राम्रो संग सदुपयोग गरि कुनै पनि समयमा परिक्षा दिन तयारि अवस्थामा रहन समेत अनुरोध गरिन्छ। 

विद्यार्थी भाईबहिनीहरुलाई निम्न अनुसार गर्न अनुरोध गरिन्छ:
१) स्थगित परीक्षा कुनै पनि समयमा सुचारु हुन सक्ने भएकोले सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरुले अध्ययन नछाड्ने ।
२) यो बोनस समयलाई सदुपयोग गर्न आफुलाई राम्रो सँग तयारि नपुगेको जस्तो लागेको विषय थप अध्ययन गरि तयारि गर्ने ।
३) दैनिक तालिका बनाएर अध्ययन गर्ने ।
४) बिद्यालय तथा विषयगत शिक्षकले दिएको सल्लाह अनुसार तयारि गरि रहने ।

अभिभावकहरुलाई निम्न अनुसार गर्न गराउन अनुरोध गरिन्छ:
१) आफ्ना बाबुनानीहरुलाई यो बोनस समयलाई खेर फाल्न  नदिइ नियमित अध्ययन गर्न प्रोत्साहन गर्ने ।
२) आफ्ना बाबुनानीहरुको नियमित रेखदेख गर्ने।
३) आफ्ना बाबुनानीहरुको स्वास्थ्यमा ख्याल राख्ने ।
४) नियमितरुपमा शिक्षक तथा विद्यालयसँग सम्पर्कमा रहन भन्ने।
५)  घर भन्दा बाहिर जान नदिने तथा सरसफाईमा ध्यान दिन लगाउने ।

 

विद्यालय प्रशासन 
नर्थ भ्याली स्कुल