Nurturing Our Young for the Future Nepal

अनलाइन कक्षा संचालन गर्ने बारे सम्पूर्ण अभिभावकहरुलाइ सूचना !!!


अनलाइन कक्षा संचालन गर्ने बारे सम्पूर्ण अभिभावकहरुलाइ सूचना !!!

आदरणीय अभिभावकज्यु,

उपरोक्त सम्बन्धमा महामारीको रुपमा विश्वभरि फैलिरहेको कोरना भाइरस ( COVID-19) को कारणले गर्दा हाम्रा विद्यार्थी भाइबहिनिहरुले भौतिकरुपले विद्यालयमा उपस्थित भइ अध्ययन गर्ने वातावरण अहिले सम्म तयार भइ नसकेको अवस्था यहाँहरुलाइ विदितै छ । विद्यार्थीहरुको पढाइलाइ केहि भएपनि सहयोग पुगोस भन्ने मनसायले हामीले  फेसबुक तथा भाइवर लगायत सामाजिक संजालबाट हाम्रा विद्यार्थी भाइबहिनिहरुलाई गृहकार्य लगायत अध्ययन सामग्रीहरु पठाई अध्ययनमा सहयोग गरिरहेका छौँ । अझ एक कदम अगाडी बढेर २०७७ साल,  अषाढ १ गते, सोमबार देखि जुम (Zoom) एपको प्रयोग गरि कक्षा नर्सरी  देखि कक्षा १० सम्म अनलाइन कक्षा संचालन गर्न गइरहेकाछौँ । त्यसकारण सम्पूर्ण अभिभावकहरुले आफ्नो ल्यापटप वा मोबाइल फोनमा Zoom App डाउनलोड गरि तयारि अवस्थामा रहन हार्दिक अनुरोध गर्दछौं। हामी तपाइँलाइ Class routine, Meeting ID र Password पठाउनेछौँ ।

जुम एप कहाँबाट डाउनलोड गर्ने ?

Windows अपरेटिंग सिस्टमको लागि https://zoom.us/support/download लिंकमा क्लिक गरि डाउनलोड गर्न सकिन्छ भने Android मोबाइल फोनको लागि गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ। विस्तृत जानकारीको लागि यो लिंकमा गइ हेर्न सकिन्छ ।

1) https://ingrails.com/school/assets/downloads/fVs0jjK521iwT52m.pdf

2) https://www.youtube.com/watch?v=krJmg9NcJXU

अनलाइन कक्षाको आचार संहिता

  1. विद्यार्थीहरू अनलाइन कक्षामा उपस्थित हुँदा सफा पोशाक लगाएको हुनु पर्नेछ। विद्यालयको पोशाक लगाउदा झन् राम्रो।
  2. अनलाइन कक्षा शुरु हुनु भन्दा ५ मिनेट अगाडी नै बिद्यार्थीले Password  र Meeting ID प्रयोग गरि जूम कक्षामा उपस्थित भइसक्नु पर्नेछ ।
  3. अनलाइन कक्षामा दिएको गृहकार्य शिक्षकले तोकेको समय अवधि भित्र नै शिक्षकको इमेल वा भाइवरमा पठाउनु पर्नेछ ।
  4. विद्यार्थीहरु अनलाइन कक्षामा उपस्थित हुँदा आवश्यक शैक्षिक सामाग्रीहरु जस्तै पुस्तक, कापी, कलम आदि लिएर मात्र उपस्थित हुनु पर्नेछ ।
  5. यदि कुनै पनि कारणले विद्यार्थी अनलाइन कक्षामा उपस्थित हुन नसक्ने भएमा कक्षा शिक्षकलाइ अग्रिम जानकारी दिनु पर्नेछ ।
  6. अनलाइन कक्षामा बस्दा विद्यार्थीहरुले सभ्य भाषा प्रयोग गर्नु पर्नेछ ।
  7. अनलाइन कक्षामा पनि सम्पूर्ण विद्यार्थीहरुले विद्यालयको नियम मान्नु पर्नेछ र नियम उल्लङ्घन गर्ने विद्यार्थीहरुलाई नियमानुसार कारवाही गरिनेछ ।

 

विद्यालय प्रशासन 

नर्थ भ्याली स्कुल