Nurturing Our Young for the Future Nepal

कोरोना भाइरस सम्बन्धि अत्यन्त जरुरी सुचना !


कोरोना भाइरस सम्बन्धि अत्यन्त जरुरी सुचना 

 

आदरणीय अभिभावकज्यू,
हाम्रो उत्तरी छिमेकी राष्ट्र चीनको वुहानबाट शुरु भएको माहामारी रोग ‘कोरोना भाइरस’ (कोभिड १९) विश्वका विभिन्न ६० भन्दा बढि मुलुकहरुमा फैलिइसकेको छ । यो बढ्दो जोखिमलाई ध्यान दिँदै विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्कालका रुपमा घोषणा नै गरेको छ । यसको असर नेपालमा पनि देखिएकाले आफु लगायत छोरा/छोरीहरुलाई पनि हेरविचार गर्नुहुन अनुरोध गर्दछौँ ।
१. कसरी सर्छ कोरोना भाइरस
— नाकबाट निस्किने सिँगानबाट
— फोहोरी हातबाट
— राम्रोसँग नपाकेको माछा, मासु र तरकारीबाट
— भाइरस संक्रमित मानिसको संसर्गबाट
२. बच्ने उपायहरु
— राम्ररी साबुन पानीले हात धुने
— मास्क को प्रयोग गर्ने
— भीडमा सकभर नजाने
— तरकारी राम्ररी पखालेर पकाउने
३. रोगका लक्षणहरु
— सिँगान बगिरहनु ( 
रुघा लाग्नु )
— घाँटी सुक्नु/दुख्नु
— पखाला लाग्नु
— वान्ता / उल्टी हुनु
— लगातार टाउको दुख्नु / ज्वरो आउनु
— सास फेर्न अप्ठ्यारो हुनु

द्रष्टव्यः

१.  कृपया विद्यार्थी भाइ / बहिनीहरुलाई माथि उल्लेखित लक्षणहरुदेखिएमा शिघ्र परिक्षण गरी ठीक नहुन्जेल घरमा नै आराम गर्न दिनुहोला ।
२.  साथै आफ्ना छोरा / छोरीहरुलाई विद्यालय पठाउँदा अनिवार्य मास्क उपलब्ध गराउँनुहोला ।

 

विद्यालय प्रशासन