Nurturing Our Young for the Future Nepal

२०७६ सालको वार्षिक परिक्षा सम्बन्धि सम्पूर्ण अभिभावकहरुलाई अत्यन्त जरुरी सुचना


नर्थ भ्याली इङ्गलिस बोर्डिङ स्कुल
तारकेश्वर–०६, धर्मस्थली काठमाडौं
Ref No: NVESS/2076/170                                                                                                                                                                                                                                                                  मिति :   २०७६/११/२१
 
आदरणीय अभिभावकज्यू,
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २०७६ फाल्गुण २० गते, प्याब्सन सहित अन्य सरोकारवालासँगको छलफल पश्चात भएको निर्णय  अनुसार कोरोना भाइरसको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गर्दै विद्यालयहरुले शैक्षिक सत्र २०७६ को (कक्षा ९ सम्मको ) वार्षिक परीक्षा २०७६ चैत्र ५ गतेभित्र सम्पन्न गरिसक्नु पर्ने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराएको छ । उक्त राष्ट्रिय सूचनालाई स्थानीय तहबाट पूनः तारकेश्वर नगर शिक्षा शाखा, तारकेश्वर नगर प्याब्सन तथा अन्य सरोकारवालाहरुसँगको मिति २०७६/११/२१ गते बसेको भेला र निर्णयबाट यस नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुको वार्षिक परीक्षा मिति २०७६/११/२८ गतेबाट २०७६/१२/०५ गते सम्म तय गरिएको कुरा पनि जानकारी गराउँदछौँ ।
तसर्थ उपर्युक्त निर्णयलाई मध्यनजर गर्दै आफ्ना छोरा/छोरीहरुलाई वार्षिक परीक्षा तयारीका लागि घरायसी पठन–पाठनमा विशेष निगरानी राखिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
धन्यवाद !
द्रष्टव्य :
१. वार्षिक परीक्षा समय तालिका सबै तहका विद्यार्थी भाइ-बहिनीहरुलाई मिति २०७६/११/२२  गते उपलब्ध गराइनेछ । 
२. परीक्षा प्रवेश पत्र मिति २०७६/११/२७ गते भित्र २०७६ चैत्र मसान्तसम्मको सम्पूर्ण शुल्क बुझाइ विद्यालय लेखा प्रशासनबाट प्राप्त गर्न सकिनेछ ।
३. परीक्षालाई केन्द्रित गरी २०७६/११/२४ गते शनिबार पनि नियमित कक्षाहरु सञ्चालन गरिनेछन् ।
 
प्रिन्सिपल