Nurturing Our Young for the Future Nepal

वार्षिक नतिजा प्रकाशन स्थगन गरिएको बारे अत्यन्त जरुरी सुचना !!!


वार्षिक नतिजा प्रकाशन स्थगन गरिएको बारे अत्यन्त जरुरी सुचना !!!

आदरणीय अभिभावक वर्ग, शिक्षक-शिक्षिका मित्रहरु,

तथा विद्यालय कर्मचारी र विद्यार्थी भाईबहिनीहरु,

महामारीको रुपमा विश्वभरि फैलिरहेको कोरोना भाइरस  ( COVID- १९) को असर नेपालमा पर्न नदिन नेपाल सरकारले लिएको सावधानी अनुसार दोस्रो चरणको लागि जारी  गरेको  लकडाउनको अवधि चैत्र २५ गते सम्म लम्ब्याएको हुनाले यस्तो विषम परिस्थितिलाइ मध्य नजर गर्दै  पुर्व सुचना अनुसार यस बिद्यालयले चैत्र २२ गते शनिबार गर्ने भनिएको नतिजा प्रकाशन अर्को सूचना जारी नहुँदा सम्म हाललाई स्थगित गरिएको जानकारी समस्त महानुभावमा गराउँदछौं र साथै नयाँ अद्यावधिक सूचनाको लागि समय समयमा विद्यालयको वेबसाइट  www.nvess.edu.np पनि हेर्न हुन पनि अनुरोध गर्दछौं।

SEE परीक्षा दिने विद्यार्थी भाइबहिनीहरुले पनि अध्ययन नछाडी यो बोनस समयलाई राम्रो संग सदुपयोग गरि कुनै पनि समयमा परिक्षा दिन सक्ने गरि तयारी अवस्थामा रहन समेत अनुरोध गर्दछौ।

नेपाल सरकारले जारी गरेको लकडाउन अवधिभर घरमै बसौं, स्वस्थ र सुरक्षित रहौं। अनावश्यक रुपले भीडभाड र मानिसहरूको आवत जावत हुने ठाउमा नजाऔं ।  यसका साथै यसरी लामो अवधि सम्म बिद्यार्थी भाइबहिनिहरु घरमा रहदाँ उनीहरुको सिकाइमा अवरोध पुग्ने हुनाले यस समयमा बिद्यार्थी भाइबहिनीहरुको उमेर अनुसार घरमानै सृजनात्मक काममा लगाई उनीहरुलाइ सृजनशील बनाऔं। विद्यार्थीहरुको शिक्षण सिकाइलाइ निरन्तरता दिनको लागि विभिन्न संस्थाहरुले इन्टरनेटको माध्यमबाट दुरशिक्षा पनि प्रदान गर्दै आइरहेको छ । केहीको बारेमा तल जानकारी दिईएको छ ।

क) ति मध्य प्याब्सन र मिदास मिलेर MiDas Apps कक्षा नर्सरी देखि कक्षा १० सम्मका सबै बालबालिकाहरूका लागि नि:शुल्क रूपमा प्रदान गरिएको जानकारी गराउदछौं। यसको प्रयोग गर्नका लागि निम्न उल्लेखित विधि अपनाउनु पर्दछ:

            १) Play store बाट MiDas eCLASS App डाउनलोड गरेर Install गरी App खोल्नुहोस् ।

           २) App को मेनुमा रहेको order/purchase थिच्नु होस्।

       ३) फेरी subscription card थिच्नुहोस् । यदि भौचर कोड मागेमा  "PABSON" कोड लेखेर आफुले चाहेको कक्षाको MiDas  eCLASS App प्रयोग गर्नु होस्।

ख) https://www.e-learningforkids.org/ फ्री वेबसाइट हो। यस वेबसाइटमा  पुर्व प्राथमिक कक्षा देखि  कक्षा ६ सम्मका  गणित, विज्ञान, वातावरण, कम्प्युटर, स्वास्थ्य र लाइफ स्किल विषयका भिडियोहरु पाइन्छ र साथै अभिभावकहरुको लागि पनि जानकारीमुलक कुराहरु राखिएका छन्।  

ग) विद्यार्थी भाइबहिनिहरुलाई Drawing, Art  तथा 3D डिजाइन सम्बन्धि जानकारी दिनको लागि https://www.tinkercad.com/ वेबसाइट उपयोगी हुन सक्छ।

घ)  NTV Plus बाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म SEE परिक्षा अन्तर्गतका अनिवार्य विषयका नमूना प्रश्नहरू र तिनीहरुको समाधनका बारेमा कार्यक्रम प्रसारण भइरहेको हुँदा SEE परिक्षाका परीक्षार्थी विद्यार्थी भाइबहिनीहरुको लागि उक्त कार्यक्रम उपयोगी हुन सक्छ ।

धन्यवाद ।

 

प्रिन्सिपल

नर्थ भ्याली स्कुल