Nurturing Our Young for the Future Nepal

एसईई (SEE) परिक्षाका विद्यार्थी भाइबहिनीहरु तथा अभिभावकहरुलाई अत्यन्त जरुरी सुचना !!!


एसईई (SEE) परिक्षाका विद्यार्थी भाइबहिनीहरु तथा अभिभावकहरुलाई  अत्यन्त जरुरी सुचना !!!

आदरणीय अभिभावकज्यु 

तथा विद्यार्थी भाईबहिनीहरु,

उपरोक्त सम्बन्धमा पुर्व निर्धारित तालिका अनुसार चैत्र ६ गते हुनु पर्ने एसईई (SEE) परीक्षा विश्वव्यापी महामारीको रुपमा  फैलिरहेको कोरोना भाइरस  ( COVID- १९) को संत्रासका कारण नेपाल सरकारले लिएको सावधानी अनुसार स्थगित भएको कुरा यहाँहरु सबैलाई विदितै छ। आज चैत २१ गते "एसईई लकडाउन खुलेलगत्तै" शिर्षक अन्तर्गत  इकान्तिपुरमा चैत २५ गते लकडाउन सकिएलगत्तै सरकारले गर्ने निर्णयपछि एसईई परीक्षाको नयाँ तालिका सार्वजनिक गरिने भन्ने समाचार प्रकाशित भएको कुरा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु तथा अभिभावकहरुलाई जानकारी दिन चहान्छु। समाचारको लागि यो लिंकमा हेर्न सक्नु हुन्छ  https://ekantipur.com/news/2020/04/03/158591750171781890.html । त्यसकारण सबै विद्यार्थी भाइबहिनीहरुलाई समयको अधिकतम सदुपयोग गरी एसईई परीक्षा लक्षित तयारी गर्न विशेष अनुरोध गर्दछु र साथै अभिभावकहरुलाई पनि आफ्ना बाबुनानीहरुको पढाइमा विशेष ध्यान पुरयाई परीक्षा तयारीमा लगाउन पनि विद्यालयको तर्फबाट अनुरोध छ ।

धन्यवाद !

 

प्रिन्सिपल

नर्थ भ्याली स्कुल