Nurturing Our Young for the Future Nepal

दशैं बिदा सम्बन्धमा ।


आदरणीय अभिभावकज्यू,

सर्व प्रथम विजया दशमी, शुभ–दिपावली, नेपाल सम्वत् एवम् छठ पर्व २०७९ को हार्दिक मंगलमय शुभकामना !

यहि मिति २०७९/०६/१२ गते बुधबारदेखि हिन्दुहरुको महान् चाड ‘विजया दशमी’ को उपलक्ष्यमा विद्यालय बन्द हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछौँ । दशैँ बिदामा विद्यार्थी भाइ—बहिनीहरुलाई दिइएका सम्पूर्ण गृहकार्य पूरा गराइदिनुहुन यहाँहरुलाई हार्दिक अनुरोध गर्दछ । साथै दशैँ बिदा पश्चात मिति २०७९/०६/२४ गते, सोमबारबाट सबै तहका सम्पूर्ण कक्षाहरु सञ्चालन हुने व्यहोरा पनि सबैलाई जानकारी गराउँदछौँ ।

धन्यबाद !

नर्थ भ्याली इङ्लिस बोर्डिङ्ग स्कुल
तारकेश्वर, काठमाडौँ