Nurturing Our Young for the Future Nepal

वेरोजगारी समस्या र समाधान


  वेरोजगारी समस्या र समाधान 

  वेरोजगारी शब्द रोजगारीबाट उत्पन्न भएको हो । रोजगारी शब्दमा ‘बे’ उपसर्ग लगाएपछि बेरोजगारी शब्द बन्छ । बेरोजगारीको अर्थ कुनै पनि काम, जागिरमा सम्मेलित नहुनु हो ।     कुनै पनि काममा सम्मेलित नहुने मानिसलाई बेरोजगार भनिन्छ। 
   
   नेपाल जस्तो देशमा बेरोजगारी समस्या पैmलिँदै गएको छ । यस्ता समस्याले विभिन्न विनाशकारी कार्यलाई निम्त्याउँछ । बेरोजगार हुनु मानिसको अल्छीपना होइन, बाध्यता हो ।        यस्तै बाध्यतामा मानिसहरु बाँच्दै आएका छन् ।
 
  बेरोजगारले विभिन्न समस्यालाई धाउँनुपर्छ । उनीहरुले गाँस, बास र कपासलाई पनि कडा संघर्ष गर्नुपर्छ । बेरोजगारकै कारण देशको हालत गरिबी भएको हो । देशको आर्थिक    अवस्था अधिकतम अंकमा तिव्र गतिले घट्दै छ । देशमा मानिसहरु ठूला र राम्रा घरमा नबसी झुपडीमा बस्नुृको कारण पनि बेरोजगारी नै हो । मानिस बेरोजगार भएको कारणले आफ्नो   जिविकोपार्जन गर्न पनि सक्दैनन् । देशमा रोजगार त छ तर के गर्नु भ्रष्टाचारका कारणले आफन्तले मात्र जागिर पाउँछ्न् । गरिब र जेहेन्दारले पाउँदैनन् । त्यसैले गरीव झन् गरिब बन्दै छन् र धनी झनै धनी बन्दै छन् । रोजगारको अभावमा मानिसले आफ्नो सोख पुरा गर्न पाउँदैनन्, आफ्नो प्रिय मित्रसँग सम्बन्ध टुट्छ, घरपरिवारको जीवन अन्धकार हुन्छ र समाजमा नराम्रो दृष्टिकोणबाट हेरिन्छ । यसै उक्त विषय समेटेर हाम्रा नेपाली गायकले गीत पनि रचेका छन. ‘खोजी आउ पहिले सरकारी जागिर’ । विहेको हात माग्न जाँदा पनि रोजगारी हेरिन्छ । बेरोजगार भइयो भने यस दुनियाँमा एक गाास टार्न नि मुस्किल हुन्छ । यस्ता समस्याको समाधान हुनु आवश्यक छ नत्र भए यसले पुरै देशलाई निलिदिन्छ । देशको हेरक कुनामा यसले आतङ्क पैmलाउँछ । अपराधको मुख्य कारण पनि बेरोजगार हो । बेरोजगारलाई आफ्नो जिन्दगी चलाउनु छ । यसका लागि उनीहरु विभिन्न अपराधमा संलग्न हुन्छन् । उनीहरुले यसलाई चाँडै पैसा कमाउने जरिया वा माध्यम मान्छन् । तसर्थ यसको समाधान हुन आवश्यक छ । यसका लािग हामी जनता भन्दा सरकारले बढि जोड दिनुपर्छ। सरकारले विभिन्न कलकारखाना क्षेत्र स्थापित गर्न जोड दिनुपर्छ । कलकारखानामा धेरै सङ्ख्या अवस्थित हुने कारखाना स्थापित गर्नुपर्छ । जुवा, तास खेल्ने ठाउँ, भट्टी सञ्चालकलाई कडा कानुन लागू गर्नुपर्छ । मुख्य कुरो भ्रष्टाचार हटाउनु पर्छ। चारै तिर शिक्षा फैलाउनुपर्छ। जनचेतनामा मुख्य ध्यान दिनुपर्छ । बेरोजगारी समाधानमा आधारित आन्दोलन सञ्चालन गर्नुपर्छ । नेताका आफ्नो लोकप्रियमा आफ्नो पार्टीको लोकप्रियमा आधारित कार्यक्रम भन्दा बेरोजगारको समाधानका लागि कार्यक्रम सञ्चालित गर्नुपर्छ ।
 
हामी जनताबाट के गर्न सकिन्छ र ? भन्ने सोच गलत हो ।  सरकारभन्दा हामी जनताबाट धेरै जोड पु¥याउन सक्छौँ । हामी विभिन्न कला, विकास हुने काममा संलग्न हुन सक्छौँ । आपैm कृषि तथा अरु विषयमा सम्मेलित हुन सक्छौँ । अतः बेरोजगारको अन्त्य नभएसम्म देशको विकास र मानिसको जिउने शैली विकास हुृन सक्दैन ।
 
चिंग चांग घले
कक्षा: १०
रोल: २ 

Comment from facebook