Nurturing Our Young for the Future Nepal

कविता "मोतीराम भट्ट"


कविता

मोतीराम भट्ट

जन्मे यहीँ मोती यो धर्तीमा तारा बनेर

गरे उनले विकास नेपाली भाषाको उत्खनन गरेर

भए उनी नेपालका युवा कवि

ठूलाठूला रचना गरी बनाए उनले आफ्नो छवि ।

 

कवि मोतीले चलाए कलम नेपाली साहित्यमा

जन्मौँ जन्मसम्म चिनिने गरी काम गरे भानुभक्तको छविमा

हरेक मानिसका आँखामा भए उनी मोती

फैलाए उनले नेपाली साहित्यमा ज्ञानको ज्योति

 

गरौँ हामीले पनि उनको जस्तै काम

चम्काउनु पर्छ उनकै प्रेरणाबाट नेपालको काम

गरौँ उनको कामको कदर

उनी गए पनि छन् नेपालीको मनमा उनी अमर ।

नामः कृशाला डङ्गोल

कक्षाः नौ (९)

सदनः पहेँलो

Comment from facebook