Nurturing Our Young for the Future Nepal

महिला हिँसा


(कविता)

महिला हिँसा

बनाइ दुई लिङ्ग ईश्वरले धर्तिमा पठाइ

केटा  केटी भनी, भिन्न लिङ्ग छुटाइ

पुरुषलाई सम्मान दिई, महिलालाई भेदभाव गरी

लड्छन् महिला हकका लागि, मन राखेर पढी ।

 

समाजको अन्धविश्वास, मानिसको सोच

यसले गर्दा महिलाको, हराउँछ नै होस्

शिक्षा नदीइ काम दिने, दु:ख धेरै दिईरहने

ईज्जत लुटी महिलाहरुको, मजा पनि लिईरहने ।

यस्तो सोच हटाइ, महिला अगि बद्नुपर्‍यो

आफ्नो सम्मान पाउन, भनी समाजमा लड्नुपर्‍यो 

धिक्कार छन् ती मानिस, महिलाको इज्जत गर्दैन

सम्मान गर्न नजाने, समाजमा बस्नु पर्दैन ।

 

पढाई लेखाइ शिक्षा दिक्षा, महिलालाई दिनुपर्छ

शिक्षाले नै अरुबाट अधिकार लिनुपर्छ

महिलाहरुको सम्मान गरौँ, महिलालाई इज्जत गरिरहौ

यी कामले हामी सबै, सधैं अघी बढिरहौँ ।

नाम : नेहा महर्जन

कक्षा : १०

रोल : १७

Comment from facebook