Nurturing Our Young for the Future Nepal

कविता "मेरो नेपाल "


कविता

मेरो नेपाल

विशाल सीमा भएको सुन्दरताको खानी

छैनन् यहाँ भेदभावमा गरिब अनि धनी

हिमाल, पहाड, तराइ सबै एक जातजाति

संस्कृति,  धर्म त कति हुन् कति

 

नेपालीको माया र सम्मान नै हो धर्म

नेपालमा जन्मनेको राम्रो हुन्छ कर्म

हरियाली वनजङ्गल, खोला अनि ताल

आउने गर्छ नेपालमा खुसी हरेक साल

 

मेरो नेपाल सुन्दर, शान्त र विशाल

आफू भित्र भएको मानव व्यवहार निकाल

माया गर देशलाई आफ्नै भाषा भेषलाई

रुवाउने नगर आफ्नो प्यारो देशलाई

 

नेपाल हाम्री आमा हुन् आमाको माया अटुट

नेपालको सम्मानमा सबै हुन् एक जुट

असारमा रोपाईँ गर्दा गाउँने त्यो गीत

देशसँग लाउनुपर्छ एउटा अटुट प्रित ।

 

नेपालको छाया पाए हुन्छ जीवन राम्रो

एक नेपालनै हो राम्रो राष्ट्र हाम्रो ।

 

नामः श्वेता नेपाल

कक्षाः नौ (९)

सदनः पहेँलो

Comment from facebook